बुधवार, आश्विन २१ गते २०८३

प्रतिनिधिसभा सञ्चालन गर्न दलहरू सहमत, समितिको प्रतिबद्धता नआए पुनः अवरोध!

मंगलवार , श्रावण १६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न दलहरु सहमत भएका छन् । सभामुख देवराज घिमिरेको आह्वानमा मंगलबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच मंगलबार लागि बोलाइएको बैठक सञ्चालन गर्ने सहमति भएको हो । 

तर, एमालेले करिब क्विन्टल सुन तस्कारी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारले नमाने बैठक अवरुद्ध गर्ने  तयारीमा छ । यसअघि बैठकमा एमालेले छानविन समिति गठनको माग गर्दै आफ्नो धारणा राख्नेछ । 

सरकारले समिति गठन गर्ने प्रतिबद्धता नजनाए बैठक पुन: अवरोध गर्ने एमालेका प्रमुख सचेतक पदम गिरीले बताए । उनले अहिलेसम्म सरकारले समिति गठनको लागि कुनै जवाफ नदिएको बताए ।

एमालेले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठकै संलग्नता रहेको भन्दै राजीनामा मागिरहेको छ ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार