बुधवार, आश्विन २१ गते २०८३

निष्कर्षविहीन बन्याे संवैधानिक परिषद्काे बैठक

मंगलवार , श्रावण १६, २०८०

काठमाडौं। संवैधानिक परिषद्को बैठक सर्वोच्च अदालतलका नयाँ प्रधानन्यायाधीश सिफारिस नगरी सकिएको छ। 

प्रधानमन्त्रीको कार्यालय सिंहदबारमा प्रधानन्यायाधीशको नाम सिफारिस गर्नेबारे छलफलका लागि बसेको बैठक विनानिष्कर्ष टुंगिएको हो ।

‘आज प्रधानन्यायाधीश सिफारिस गर्नेसम्बन्धी एजेन्डा थियो। हामीले छलफल गर्‍यौं। थप छलफल गर्नुपर्ने देखिएकाले १८ गते फेरि बस्ने गरी बैठक स्थगित भएको छ,’ राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने। 

आगामी बैठकमा प्रधानन्यायाधीशसहित अन्य संवैधानिक पदमा नियुक्तिबारे छलफल हुने उनले बताए । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिनमात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिनाअगाडि नै नयाँ सिफारिस हुनुपर्नेमा अहिलेसम्म हुन सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार