मंगलवार, आश्विन १३ गते २०८३
प्राकृतिक प्रकोप

वर्षाका कारण देशभर ५ सय ५ घर पूर्ण रुपमा क्षति, ३९ जनाको मृत्यु

आइतवार , आषाढ २०, २०७८

काठमाडौं । बाढी, पहिरोजस्ता मनसुनजन्य विपदका कारण पछिल्लो २० दिनमा ३९ जनाको मृत्यु भएको छ। गृहमन्त्री विष्णु पौडेलले जेठ ३१ देखि असार २० गतेसम्म बाढी पहिरोका कारण २२ जिल्लामा ३९ जनाको मृत्यु, ३१ जना बेपत्ता र ४६ जना घाइते भएको जानकारी दिएका छन् ।
उनका अनुसार मनसुन सुरु भएसंगै परेको अविरल वर्षाका कारण यो वर्ष हालसम्म ५ सय ५ निजी घर पूर्णरुपमा क्षति भएको  छ ।  वर्षाका कारण १ सय १२ घरहरूमा आंशिक क्षति भएको जानकारी दिए ।

त्यस्तै विभिन्न ३६ सरकारी कार्यालयहरू क्षतिग्रस्त भएका छन्, भने ९ विद्यालय तथा सामुदायिक भवन विद्यालयमा क्षति पुगेको छ । उनले मन्त्री पौडेलले यस वर्षको मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा पुगेको क्षतिबारे राष्ट्रियसभाको आइतबारको बैठकमा विस्तृत जानकारी गराउँदै यो जानकारी दिएका हुन् । 

मनसुनजन्य कारणले सिन्धुपाल्चोक जिल्लाका ७ मनाङका २, चितवनमा २ , तनहुँमा १ मोरङमा १, उदयपुरमा एक र सिरहामा १ गरी जम्मा १५ वटा मोटरेबल पुलमा क्षति पुगेको छ । 

मनाङमा ५ वटा काठेपुलमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा १४ , मनाङमा ७ , मस्र्याङग्दि नदीको एक्ले फाँटमा १ गरी २३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् ।

सिन्धुपाल्ञ्चोकको मेलम्ची आयोजनामा जाने पहुँचमार्ग र पुलहरूमा क्षति भएको छ । देशभरका सानाठूला गरी ४३ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ।

कास्की,लमजुङ, मनाङ लगायत जिल्लाका साना ठूला गरि २५ वटा जलविद्युत् आयोजनाहरूमा क्षति पुगेको छ । मन्त्री पौडेलले पीडितको राहत तथा उद्धारका लागि प्रदेशस्तरमा आवश्यक प्रबन्ध गरिएको जानकारी दिए । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार