बुधवार, आश्विन २१ गते २०८३

कोशीका मुख्यमन्त्री थापाको सपथ आज, तीन मन्त्री नियुक्त हुने

बुधवार , श्रावण १७, २०८०

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज विहान पद तथा गोपनीयताको सपथ लिने तयारी गरेका छन् । प्रदेश प्रमुखको कार्यालयका अनुसार आज बिहान साढे १० बजे सपथको समय तोकिएको जनाइएको छ ।

थापालाई प्रदेश प्रमुख परशुराम खापुङ्गले मंगलबार कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ती गरेका थिए । सभामुख बाबुराम गौतमले राजीनामा गरेपछि गठबन्धन दलभित्रको माओवादी केन्द्रको सांसद संख्या १३ पुग्दा ९३ सदस्यीय प्रदेश सभाको बहुमत संख्या ४७ पुर्‍याएर थापाले दाबी पेश गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम उनी कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । थापाले पहिलो चरणमा गठबन्धन दलहरूमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट एक एकजना मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् । 

गठबन्धनमा नेपाली कांग्रेसको २९, नेकपा माओवादी केन्द्रको १३, नेकपा एकीकृत समाजवादीको ४ र जनता समाजवादीको १ सिट रहेको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार