बुधवार, आश्विन २१ गते २०८३

कोशीमा मिल्यो भागबन्डा, सभामुख छाडेका बाबुराम बने अर्थमन्त्री

बुधवार , श्रावण १७, २०८०

काठमाडौं। कोशी प्रदेशमा पहिलो चरणमा बन्ने मन्त्री र मन्त्रालयको भागबन्डाबारे सत्तागठबन्धनमा सहमति भएको छ । सहमतिसँगै बिहान साढे १० बजे रोकिएको शपथग्रहण पनि हुने भएको छ।  

सत्ता गठबन्धनको बैठकपछि माओवादीलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र नेकपा एसलाई भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको हो । गठबन्धनको बहुमत पुर्‍याउन सभामुखबाट राजीनामा दिनुभएका बाबुराम गौतम आर्थिक मामिला तथा योजनामन्त्री हुने बन्नेछन्। 

उहाँको नेतृत्वमा सरकारमा जाने माओवादीमा सहमति भएको छ । सहमतिपछि आजै शपथग्रहण कार्यक्रम हुने भएको छ ।

एकिकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्दा नेपाली कांग्रेसका प्रदीप सुनुवारलाई भने सामाजिक विकास मन्त्रालयको जिम्मा दिने तयारी भएको छ ।

थप मन्त्रीको नियुक्ति भने सरकारले विश्वासको मत लिएपछि मात्र गर्ने तयारी छ । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको १६८ को उपधारा २ अनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपाको समर्थन पाएका थापालाई हिजो मुख्यमन्त्री नियुक्त गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार