जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)को नेतृत्वका लागि हालका उपाध्यक्ष महेश कुमार श्रेष्ठले अध्यक्षमा उम्मेद्वारी घोषणा गर्ने भएका छन्।
‘२०२३–०२५’ कार्यकालको लागि अगस्टको अन्तिम हप्ता एक भव्य कार्यक्रमका बीच ५ रणनीति र २५ योजनाका साथ अध्यक्षमा उम्मेद्वारी घोषणा गर्न लागेको बताएका हुन्।
एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टुबरमा काठमाडौं हुँदै छ । उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलता पूर्वक पूरा गरेका श्रेष्ठलाई एनआरएनएहरुले समन्वयात्मक भूमिका निभाउन सक्ने बिचको नेताका रुपमा चिन्छन्।
श्रेष्ठले गैर आवासीय नेपालीको हकहित, नेपालको समृद्धि र बिकाममा एनआरएनए, गैर आवासीय नेपाली सङ्घलाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरूलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन्।
आफ्ना रणनीतिलाई कार्यन्वयन गर्न २५ वटा कार्यन्वयन योजना समेत बनाएका छन्। आगामी कार्यकालमा पूरा गर्न सक्ने सक्नेगरी योजना समेटेका छन्।
एनआरएनए अभियन्ता र विभिन्न देशमा रहेका नेपालीहरू माझ श्रेष्ठ समन्वयात्मक भुमिका निर्वाह गर्नेको रुपमा परिचित रहेका छन्। एनआरएनएमा नेतृत्वले सबैमा मिलाउन नसक्दा अभियानमै नकारात्मक असर देखिएको थियो। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नको लागि अध्यक्षमा उम्मेद्वारी दाबी गर्न लागेको बताउने गरेका छन ।
विश्वका विभिन्न ठाउँमा छरिएका पुराना र नयाँ सबै एनआरएनए जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन्।
‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघि बढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठ भन्छन्,‘गफ लगाउनेमा विश्वास गर्दैन परिणाममुखी काम गर्नुपर्छ।’
कायचु युनिभर्सिटी टोकियोमा पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भए सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नको लागि ठुलो भूमिका खेलेका छन्।
ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आब्हान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजुलगायतका देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले अध्ययन र व्यवसायीक अनुभले एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसालेका छन्।