काठमाडौं। सरकारले सुन प्रकरणमा तत्काल उच्चस्तरीय छानबिन समिति नबन्ने प्रष्ट पारेको छ । मन्त्रिपरिषद् बैठकको निणर्य सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारी प्रवक्ता रेखा शर्माले अहिले सरकारले नै अनुसन्धान गरिरहेको जानकारी दिएकी हुन्।
सो प्रकरणमा समिति बनाए अनुसनधान डाईभर्ट हुनसक्ने सरकारको निश्कर्ष छ ।
शर्माले थपिन्, ‘३३ किलो प्रकरणमा पनि समिति बनेनन् । अरु बेलामा पनि बनेन् । अहिले सरकार आफैंले छानबिन गरिरहेको विषयमा हामी डाइभर्ट छैनौं । अर्को समिति बनाउँदा छानबिन प्रभावकारी नहुनसक्छ । दोषी उम्कन सक्छन् ।’
सरकारले दृढतापूर्वक यो विषयमा नउभिएको भए सुन पनि नसमातिने समेत मन्त्री शर्माले बताईन्। अहिलेको छानबिनलाई कुरेर पछि प्रभावकारी नलागेको अवस्थामा समिति बनाइनसक्ने उनको भनाइ छ ।
उनले भनिन्, ‘सुन प्रकरणको प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व अनुसन्धान विभागले ठूलो मात्रामा तस्करीको सुन बरामद गरेको छ । त्यसमा अनुसन्धान प्रक्रिया अघि बढाएर केही व्यक्तिहरू पनि पक्राउ परिसकेका छन् । अनुसन्धान प्रभावकारी ढंगबाट भइरहेको छ । तर, सरकारको आफ्नो संयन्त्रले गर्न सक्दैन । उच्चस्तीरय छानबिन समिति बनाइनुपर्छ भनेर प्रमुख प्रतिपक्षी दलले आवाज उठायो । त्यही विषयलाई लिएर अहिले संसद अवरुद्ध छ ।’