बुधवार, आश्विन २१ गते २०८३

प्रधानमन्त्री कार्यालयमा वार्ता: गृहमन्त्रीसँगै आईजीपी र सीआईबी प्रमुखकाे इन्ट्री

बिहिवार , श्रावण १८, २०८०

काठमाडौं। गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुखबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा छलफल भईरहेको छ। 

सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला विशेष अनुसन्धान समिति बनाउन लागेको अनुमान गरिएको छ ।

अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आईजीपी बसन्तबहादुर कुँवर र केन्द्रीय अनुसन्धान ब्यूरो-सीआईबी प्रमुख किरण बज्राचार्य सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा इन्ट्री भएको छ।

संवैधानिक परिषद्को बैठक बसिरहेकाले त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरुसँग छलफल गर्न सक्ने बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार