बुधवार, आश्विन २१ गते २०८३

रास्वपा केन्द्रीय समिति बैठकः के-के भए निर्णय?

बिहिवार , श्रावण १८, २०८०

काठमाडौं। राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

ढकालका अनुसार तोकिएको मापदण्डमा केन्द्रीय विभागको पदाधिकारी, सदस्य र प्रदेश विभागको प्रमुख हुन कम्तीमा पनि स्नातकोत्तर गरेको हुनुपर्ने वा दश वर्ष सम्बन्धित विषयको अनुभव भएको अथवा सम्बन्धित विषयमा असाधारण सफलता हासिल गरेको हुनुपर्ने मापदण्ड तय गरेको छ ।

त्यस्तै प्रदेश विभागको पदाधिकारी वा सदस्यको हकमा कम्तीमा स्नातक गरेको वा ५ वर्षे अनुभव वा असाधारण सफलता हासिल गरेको हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी पालिका विभाग प्रमुखमा पनि सोही कुरा लागु हुनेछ ।

पालिका पदाधिकारी वा सदस्यहरूको हकमा भने कम्तीमा प्लस टु अध्ययन गरेको हुनुपर्ने वा दुई वर्षको अनुभव चाहिने मापदण्ड तोकेको छ ।  

बैठकले केन्द्रीय अनुशासन आयोगको नियमावली पारित गरेको छ । जसमा आयोगको काम कर्तव्य र अधिकार समेटिएको छ । बैठकले रुपन्देहीका पार्टी सदस्य दामोदर भण्डारी कुटपिटमा मुछिएपछि ३ महिना कुनै जिम्मेवारीमा नरहनेगरी ३ महिनाका लागि निलम्बन गरेको छ भने बझाङका जिल्ला संयोजकको निलम्बन फुकुवा गरेको छ ।

साथै पार्टीका दस्ताबेज निर्माणमा संलग्न १७ जना गाउँ जाने र १५ दिनका लागि गाउँ जाँदा लाग्ने खर्च पार्टीले बेहोर्ने निणर्य गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार