शनिवार, कार्तिक १ गते २०८३

जाजरकोटमा विषालु च्याउ खाँदा एकको मृत्यु

शुक्रवार , श्रावण १९, २०८०

काठमाडौँ । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको विषालु च्याउ खाँदा  मृत्यु भएको  र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।

वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको बताएका छन् ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार