शनिवार, कार्तिक १ गते २०८३

दोलखामा पहिरोले नौ घर बगायो, ४ जना बेपत्ता

शुक्रवार , श्रावण १९, २०८०

दोलखामा पहिरोले नौ घर बगाएको छ । जिल्लाकाे गौरीशंकर गाउँपालिका वडा नं. ८ मा गएको पहिरोमा परी चार जना बेपत्ता भएका छन् भने टोपाटारमा ६ घर र सल्लेमा ३ घर पहिरोले बगाएको हो । 

अहिले वडाध्यक्षको टोली अहिले त्यसतर्फ गइरहेकाे वडाध्यक्ष दावा रेन्जी शेर्पाले बताईन्। 

टोपाटारमा बस्ती माथिबाट आएको पहिरोले गएराति घर बगाएको हो । त्यहाँ स्थानीयले ३ जनालाई सकुसल उद्धार गरेका छन् । बेपत्ता र घाइतेका परिचय खुल्न सकेकाे छैन।

सल्लेमा भने बिहीबार साँझ घर बगाएको हो । त्यहाँ घर र गोठ बगाउँमा मानवीय क्षति नभएको जानकारी आएको छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार