शनिवार, कार्तिक १ गते २०८३

सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा थुनामुक्त

शुक्रवार , श्रावण १९, २०८०

एक सय किलो सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रुक्मिना सुब्बा जमानीमा छुटेकी छन्। उनी क्यान्सरबाट पीडित भएको हुनाले बोलाएको बेलामा हाजिर गराउने शर्तमा परिवारको जमानीमा रिहा गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ।

भन्सार एजेन्ट रुक्मिना सुब्बालाई बिहीबार थुनामुक्त गरिएको हो। उनी भन्सार एजेन्टमा नाम निकालेर केही महिना अघिदेखि मात्र विमानस्थल भन्सारमा काम गर्दै आएकी थिइन्। उनलाई घाँटीको क्यानसर भएको थियो। उनले दिल्ली पुगेर उपचार समेत गराएकी थिइन्।

साउन ३ मा बरामद गरिएको सुन ‘तस्करी’ मा संलग्न आरोपमा विभागले भारतीय नागरिक थुप्तेन छिरिङ,चिनिया नागरिक जेक्युयाङ लीन, बेल्जियम नागरिक दाबा छिरिङ सहित १८ जनालाई पक्राउ गरिसकेको छ। तर, सुन ल्याउने मुख्य कारोबारी राकेश अडुकिया अहिलेसम्म पनि पक्राउ परेका छैनन् । यो प्रकरणमा संजय बाविया र व्यवसायी दीपक मल्होत्रामाथि समेत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार