बुधवार, आश्विन २१ गते २०८३

सय किलो सुन प्रकरण : थप अनुसन्धान सिआइबीले गर्ने

शुक्रवार , श्रावण १९, २०८०

काठमाडौं। एक क्वीन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई दिने भएको छ।

अन्तरदेशीय संगठित अपराध अनुसन्धानका लागि सीआईबी विशिष्टकृत निकाय भएकाले ब्यूरोमार्फत थप अनुसन्धान अघि बढाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएका हुन्।

उच्च सरकारी स्रोतका अनुसार, हिजो साँझ गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूणर्बहादुर खड्का, महान्यायाधिवक्ता दिनमणि पोखरेल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, सीआईबी प्रमुख किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाबीच बसेको बैठकपछि थप अनुसन्धान सीआईबी मार्फत गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए।

छलफलमा सहभागी महान्यायाधिवक्ता पोखरेलले प्रधानमन्त्री दाहालले अनुसन्धानको कानूनी पाटोबारे जिज्ञासा राखेपछि संगठित अपराध देखिएको भन्दै नेपाल प्रहरीमार्फत अनुसन्धान गर्नुपर्ने राय राखेको बताए।

अनुसन्धानका क्रममा संगठित अपराधको तत्व फेला परेकाले कानूनी व्यवस्था अनुसार संगठित अपराधको पाटोमा नेपाल प्रहरीले अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालिएको उहाँको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार