शनिवार, कार्तिक १ गते २०८३

भारतको उत्तराखण्डको पहिरोमा परी दर्जन नेपाली बेपत्ता

शुक्रवार , श्रावण १९, २०८०

भारतको केदारनाथ गौरीकुण्डमा पहिरोमा परी दर्जनभन्दा बढी नेपालीहरु वेपत्ता भएका छन् ।  केदारनाथ प्रवेश गर्ने सडकखण्डको रूद्रप्रयागमा पहिरोले होटल बगाउँदा जुम्ला र हुम्ला कम्तीमा १० जना नेपालीसहित १९ जना बेपत्ता रहेको भारतीय सञ्चारमाध्यम दैनिक जागरणले जनाएको छ ।

बेपत्ता हुने नेपालीहरुमा जुम्लाका चन्द्र कामी, उनका छोरा लालबहादुर कामी, सुखरा रावत र उनका छोरा जोरा रावत रहेको उत्तराखण्ड प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएको उक्त होटल हुम्ला घर भएका वीरबहादुरले गौरीकुण्डमा चलाउँदै आएका थिए । पहिरोमा पुरिएकामध्ये तीनजनाको शव प्रहरीले मन्दाकिनी नदीको किनारबाट निकालेको छ ।

वीरबहादुरको होटलमा खाना खान गएका बेला पहिरोले बगाएको हो। पहिरोमा परेर होटल सञ्चालक वीरबहादुर उनकी श्रीमती सुमित्रा, छोरी निशा र छोरा हरिबहादुर पनि बेपत्ता भएका छन् ।

 प्रहरीले उनीहरूको थर खुलाएकोको छैन। वीरबहादुरकै होटलमा खाना खाइरहेका धर्मराज बुढा र छोरा मानबहादुर बुढा पनि बेपत्ता छन् । बेपत्ता हुने थप सातजना पनि नेपाली रहेको जनाइएको छ । तर उनीहरू नेपालको कुन ठाउँका हुन भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार