शनिवार, कार्तिक १ गते २०८३

कैदी सरुवा गर्न खोज्दा झापा कारागारमा कैदीबन्दीले गरे तोडफोड र आगजनी

शुक्रवार , श्रावण १९, २०८०

काठमाडौं। चारजना कैदीलाई अर्को ठाउँमा सार्ने विषयलाई लिएर विवाद हुँदा कैदीबन्दीहरुले झापा जिल्ला कारागारमा आगजनी गरेका छन् ।

कारागार व्यवस्थापन विभागको पत्रअनुसार कैदी मनोज लावतीसहिच चारजना कैदीलाई सुनसरीस्थित झुम्का कारागार पठाउन लागिएको विरोधमा कैदीहरुले आगजनी गरेका हुन् ।

तर कैदीबन्दीहरुले के गल्ती गरेको छ र? सरुवा गर्ने भनेर प्रशसानविरुद्ध आन्दोलन गरेका हुन् । झापा कारागारमा अहिले १४ सय ६० कैदीबन्दी छन् । उनीहरुले भित्रबाट ढुंगा र शिशा पनि हानेका थिए । त्यससँगै साइकलको टायर बालेर केही संरचनामा आगजनी गरेका थिए ।

उनीहरुले सुरक्षामा तैनाथ प्रहरीलाई ढुंगामुढा गर्नुका साथै कारागारमै आगजानी गरेका छन् । अवस्था तनावग्रस्त भएपछि अहिले प्रहरी नायव उपरीक्षक नेतृत्वमा एक टोलीलाई पठाएको थियो । तर उक्त टोलीलाई कैदीहरुले कारागार प्रवेश गर्न पनि समस्या भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीले केहीबेर अवस्था तनावग्रस्त भएको र अवस्था नियन्त्रणमा आएपछि कैदीबन्दीहरुसँगको संवाद भइसकेको बताए।

रेग्मीले तत्काल ती कैदीहरुलाई सरुवा नगरिने निणर्य भएको पनि जानकारी दिएका छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार