आइतवार, आश्विन २५ गते २०८३

कांग्रेस क्रियाशिल सदस्यता विवाद : समितिले बुझायो प्रतिवेदन, बाँकी जिम्मा शीर्ष नेतालाई

बिहिवार , श्रावण १४, २०७८

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको छ । बाँकी रहेको प्रक्रिया पूरा गरेर पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको हो। 

क्रियाशील सदस्यता छानविन समितिको बैठकले मापदण्ड अनुसार केन्द्रीय तहबाट निर्णय गर्ने मापदण्डको र अधिकांश काम सकेको सकेको भन्दै प्रतिवेदनमा उल्लेख भएका बिषय बैठकमा पेश गरेको क्रियाशील सदस्य छानविन समितिका संयोजक रमेश लेखकले बताए ।

केन्द्रीय कमिटीमा प्रवेश गरेको बिषयमा केन्द्रीय तहले नै निर्णय गर्ने उनले बताए । तोकिएकै समयमै निर्वाचन गर्नका लागि काम अगाडी बढाएको समेत उनले बताए । अरु पार्टीबाट आएका नेताहरु समायोजन लगायतको बिषयमा शीर्ष नेताहरुले ५ दिनभित्र निर्णय गरेपछि सबै बिषयलाई टुंगोमा पुर्याएर महाधिवेशनको तयारीमा लाग्ने जनाए ।

कांग्रेसको महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ मा हुनुपर्ने वडा अधिवेशन अझै अनिश्चित छ । क्रियाशील सदस्यताको विवादमा अल्झिएको कांग्रेसले तोकिएको समयमा महाधिवेशन गर्न नसक्ने निश्चित भइसकेको छ ।  

बुधबार बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न छानबिन समितिलाई २४ घण्टाको समय दिइएको थियो । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार