काठमाडाैं।चर्चित लोक तथा दोहोरी गायक प्रकाश कटुवाल र गायिका सिर्जु अधिकारीको तिज गीत “नाठो पोई” सार्वजनिक भएको छ।
प्रकाश कटुवालकाे युट्युव च्यानलमार्फत सार्वजनिक भएकाे गीतमा प्रकाश कटुवालकै मौलिक शब्द रहेका छन्। गीतमा स्मृति तिमिल्सिना (गुरु आमा) ले निर्देशन गरेकी छन्। गीतमा कटुवालसंगै चर्चित तथा लोकप्रिय गायिका सिर्जु अधिकारीको कर्णप्रिय आवाज रहेको छ ।
गायक कटुवालसँगै कलाकारहरू नेहा गौतम, साजन बाँस्कोटा, शोभा विश्वकर्मा, राम चन्द्र अधिकारी र कुस्मा दाहालको उत्कृष्ट अभिनय रहेको देखिन्छ। प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज चर्चित संगीतकार बीबी अनुरागीले गरेका छन्।
गीतमा पछिल्लो समयमा गाउँ समाजमा भईरहेका यथार्थ घटनाहरुलाई देखाउन खाेजिएकाे छ। दाजु बहिनीको पात्रबाट अभिनीत भिडियोमा भाइले दिदीलाई 'नाठो पोई'सँग उठ्बस गरेको र भिनाजु विदेशमा रहेको देख्न सकिन्छ भने भाइ पनि विदेशीको श्रीमतीसँग लागेको दिदीले दर्साएको बुझ्न सकिन्छ ।
बेला-बेलामा प्रकाश कटुवालको ठट्यौलीपना मिसिएकाे गीतमा गोप्ते काजीको नाट्य बाेली र अभिनयले भिडियो अझ उत्कृष्ट बनेको पाइएको छ ।
उसो त प्रकाश कटुवाल र सिर्जु अधिकारीले यसअघि छेकेन जामाले, पहिलो बेसार लगायत सफल गीतहरू बजारमा ल्याई सकेका छन्।