शनिवार, कार्तिक १ गते २०८३

पहिरो खस्दा नारायणगढ-मुग्लिन सडक अवरुद्ध

शनिवार , श्रावण २०, २०८०

काठमाडौं। नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । आज दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ बाटो अवरुद्ध छ ।

उनले अहिले प्रहरी र सडक कर्मचारीको टोलीले पहिरो हटाउने काम गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार