काठमाडौं। नारायणगढ मुग्लिन सडकको जलविरेमा सुख्खा पहिरो खस्दा अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । दिउँसो करिब साढे २ बजेबाट इच्छाकामना गाउँपालिका ६, मा पर्ने जलबिरेमा सुख्खा पहिरो खसपछि बाटो बन्द भएको थियो ।
करिब दुई घण्टापछि प्रहरी र सडक विभागका कर्मचारीले बाटो खुलाइ यातायात सञ्चालन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार सुख्खा पहिरोको कारण दुबैतर्फ अवरुद्ध भएको थियो ।