बुधवार, आश्विन २१ गते २०८३

ललिता निवास: आफ्नो कार्यकालका सबै निर्णय छानबिन गर्न बाबुरामको आग्रह

सोमवार , श्रावण २२, २०८०

काठमाडौं। नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ललितानिवास जग्गा प्रकरणमा आफ्नो प्रधानमन्त्रित्वकालमा भएका सबै निर्णयको निष्पक्ष छानबिन गरी कारबाही गर्न आग्रह गरेका छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टराईले ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले दिएको निर्देशनअनुरूप छानबिन भए पूर्णरूपले सहयोग गर्ने उल्लेख गरेका हुन्।

उनले ललितानिवास लगायत जुनसुकै प्रकरणमा मन्त्रिपरिषद्लगायत सबै तहबाट भएका निर्णयमाथि निष्पक्ष छानबिन गरी कानूनविपरीत भएको भए जतिसुकै उच्च तहको भए पनि कानूनअनुसार कारबाही गर्नुपर्ने बताए।

उनले लेखेका छन्:

ललितानिवास लगायत जुनसुकै प्रकरणमा राज्यका मन्त्रीपरिषद लगायत सबै तहबाट भएका निर्णयहरू उपर निष्पक्ष छानवीन गरेर कानूनविपरित, राज्यलाई नोक्सान हुने,निजी लाभ लिने ढॅगले कार्य भएगरेको भए जतिसुकै उच्च तहको व्यक्ति भए पनि कानून अनुसार कार्वाही गरिनुपर्छ र देशमा विधिको शासन कायम गरिनुपर्छ भन्ने मेरो आजीवन मान्यता र प्रतिबद्धता रहेको छ।
अतः मेरो प्रम कालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानवीन गर्न र आवश्यक कार्वाही गर्न सरकार र सम्बन्धित निकायलाई मेरो विनम्र आग्रह छ। ललितानिवास प्रकरणमा सम्मानित सर्वोच्च अदालतले दिएको निर्देशन अनुरूप छानवीन भएमा त्यसमा पूर्ण रूपले सहयोग गर्न मेरो प्रतिबद्धता रहेको छ। केही समय पहिले अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छानवीनमा पनि मैले सहर्ष सहयोग गरेको सर्वविदितै छ! मेरो त्यति वेलाको बयानको व्यहोरा पुनः सार्वजनिक जानकारीकानिम्ति यहाॅ प्रस्तुत छ!

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार