शनिवार, कार्तिक १ गते २०८३

एनआरएन सचिव प्रविण गुरुङद्वारा उपमहासचिवमा उम्मेदवारी

सोमवार , श्रावण २२, २०८०

कतार। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११ औँ अधिवेसनमा आईसीसी सचिव प्रवीण गुरुङले उप-महासचिवमा उम्मेदवारी घोषणा गरेका छन्। संघमा संस्थागत स्थायित्व,एकता र विकास आफ्नो उमेदवारीको प्रमुख एजेन्डा हुने बताएका उनले नआरएनए मलेसियाको अधिवेसनपछि पत्रकारहरुसँग कुराकानी गर्दै घाेषणा गरेका हुन्।

आगामी अधिवेसनमा उपमहासचिव पदका उम्मेदवार गुरुङ यसपटक पनि आफू निर्विरोध हुने सम्भावना रहेको बताउँछन्। उनले आफू खुल्ला हृदयबाट सामाजिक काम गर्न आएकाले एनआरएनए अभियन्ताहरुले आफूमाथी बिश्वाश गरेको र आगामी दिनमा पनि त्यो बिश्वाश टुट्न नदिने बताए।

गैरआवासीय नेपालीहरुको हकहितका लागि आफूले सक्रिय भएर काम गरिरहेको जनाउँदै गुरुङले गैरआवासीय नेपाली संघ नेपाल र नेपालीका लागि अभिभावक बनेको बताए ।

गुरुङले आफुले सबै एनआरएनए अभियन्ताहरुको सल्लाह सुझावलाई स्विकार्दै सचिवपछि क्रमिक रुपमा उपमहासचिवमा उम्मेदवारी दिएकोले यसलाई साथ र समर्थन गर्न बिश्वमा रहेका गैरआवासीय नेपालीहरुलाई आग्रह गरे।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव गुरूङले महाभूकम्प, हावाहुरी, बाढीपहिरो, कोभिड–१९ लगायत दैवी विपत्तिको समयमा स्वयं उपस्थित भई गैरआवासीय नेपाली संघको नेतृत्व गर्दै अस्थायी तथा स्थायी वासस्थान, खाद्यान्न, स्वास्थ्य सामग्रीलगायत विभिन्न राहत सामग्री वितरण लगाएतका दर्जनौ सामाजिक कार्य गरेका थिए। हाल उनले कतारलाई कर्मथलो बनाई विभिन्न व्यवसायमा लगानी गरिरहेका छन्।

गुरुङले एनआरएनएले सुरूवात गरेको लाप्राक बस्तीमा ५७३ भवनसहितको स्थायी वासस्थान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यस्तै, बारा–पर्सालगायतका जिल्लामा हावाहुरीका कारण घरवारविहीन भएकालाई मध्यपूर्व र मलेसियाको संयुक्त नेतृत्वमा आफै उपस्थित भएर ३०० घरधुरीलाई अस्थायी बसोवास, खाद्यान्न, स्वास्थ्य सामग्रीको व्यवस्था गरेका थिए ।

बाढीपहिरोका कारण सिन्धुलीलगायत तराईका विभिन्न क्षेत्रमा भएको क्षतिमा राहत दिनको लागि व्यक्तिगत र मध्यपूर्वका मनकारी व्यक्तिहरुको सहयोगमा १५० भन्दा बढी घरधुरीलाई खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री तथा अस्थायी वासस्थानको व्यवस्था गर्नेलगायत विविध मानवीय कार्यमा अग्रसरता देखाएका थिए ।

गुरुङ १९९७ मा भारतीय सेनामा भर्ती भएर झन्डै आठ वर्ष काम गरेपछि गैर आवासीय नेपाली संघमा आवद्द भएका हुन । उनले नेपाली कला र संस्कृतिलाई जगेर्ना, प्रवर्दन गर्ने उद्देश्यले कतारको दोहामा रहेकोे पाँचतारे होटलमा नेपाली लोक दोहोरी, गजलसहितको अन्तरार्ष्ट्रिय रेष्टुरेन्ट सञ्चालन गरेका छन । उनले अहिले अरबी, युरोपियन लगायत फरक–फरक इन्टरनेशनल स्तरका रेष्टुरेन्टहरु समेत विस्तार गरिसकेका छन । यसबाहेक कन्स्ट्रक्सन, हस्पिटालिटी, रियल स्टेट,हाईड्रो लगायत विभिन्न व्यवसायमा पनि उनी संलग्न छन्।

२०१५ -१७ मा एनआरएनए कतारका उपाध्यक्ष,२०१७ -१९ मा मध्यपूर्व उप संयोजक २०१९–२०२१ मा मध्यपूर्व संयोजक र २०२१–२०२३ मा सचिवमा निर्विरोध निर्वाचित भएका गुरुङ एनआरएनएमा धेरै संभावना बोकेका युवा हुन्। एनआरएनए अभियानमा गुरुङ मात्रै तेस्ता ब्यक्ति हुन जो सचिवसम्म आउँदासम्म सधै निर्विरोध निर्वाचित भएका छन्। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार