काठमाडौं। सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सांसद दिलकुमारी रावलले सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने अडान रहेको बताईन्।
यसअघिका प्रकरणमा भएको छानबिनको स्मरण गराउँदै सरकारले तत्काल उच्च स्तरीय छानबिन समिति गठन नभएसम्म अवरोध कायम रहने उनको भनाई छ । एमालेलाई अवरोध हटाएर जान राष्ट्रियसभाको अध्यक्ष गणेश तिमल्सिनाले पटक पटक आग्रह गर्दा पनि एमालेका सांसदहरू अडानबाट पछि नहटेपछि वैठक नै स्थगित भएको हो ।
प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने बारेमा भने सभामुख घिमिरेले शिर्ष नेताहरुसँग छलफल गरिरहनुभएको छ । राष्ट्रियसभाको अध्यक्ष तिमल्सिनाले पनि आजकै बैठकबाट समस्याको निकास निकाल्न सदनको रोष्ट्रमबाट शीर्ष नेताहरुलाई ध्यानाकर्षण गराएका छन्।
राष्ट्रियसभाकाे बैठक साउन २४ गते बुधबार १ बजेर १ मिनेटमा बस्नेगरी स्थगित भएको छ।