आइतवार, श्रावण २४ गते २०८३

देशभर ७ हजार ७३३ जना डेंगु संक्रमित, सात जनाको मृत्यु

सोमवार , श्रावण २२, २०८०

काठमाडौं। देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो । यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ । 

यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ । 

प्रतिक्रिया
सम्बन्धित समाचार