शनिवार, कार्तिक १ गते २०८३

सुन तस्करी प्रकरणमा सीआईबीले अघि बढायो अनुसन्धान, एसपीको नेतृत्वमा टोली गठन

सोमवार , श्रावण २२, २०८०

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरु गरेको छ । अन्तर्देशीय संगठित गिरोहको संलग्नतामा भएको सो तस्करीबारे छानविन गर्न ब्यूरो प्रमुख एआईजी किरण बज्राचार्यले आज एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष अनुसन्धान टोली गठन गरेकी छिन्।

त्रिभुवन विमानस्थल भन्सार  कार्यालयबाट बाहिरिएको सुन २ साउनमा राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । राजस्व र भन्सार छली अन्तर्गतको कानुनका दफा लगाएर राजस्व अनुसन्धान विभागले अनुसन्धान जारी राखेको थियो ।

तर, यो संगठित रुपमा भएको अन्तर्देशीय अपराध भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धान दायरा फराकिलो बनाएर मूख्य अभियुक्तसम्म पुग्ने गरी अनुसन्धान जिम्मा प्रहरीलाई सुम्पिन विभागलाई गत शुक्रबार निर्देशन दिनुभएको थियो । आईतबार मात्रै  हालसम्म खुलेका तथ्य र प्रमाण तथा बरामद सुनसहित पक्राउ आरोपितलाई प्रहरीको जिम्मा लगाएको थियो ।

अब सीआईबीको यही टोलीमार्फत संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढेको बज्राचार्यले जानकारी दिईन। संगठित अपराधको कसुरमा पक्राउ परेका आरोपितलाई ६० दिनसम्म थुनामा राखेर अनुसन्धान टुंगोमा पुर्‍याइ अनुसन्धान र अभियोजनको काम सक्नुपर्ने छ ।

विभागले २० दिन थुनामा राखिसकेका कारण अब ब्यूरोले बाँकी ४० दिनभित्र अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाउनु पर्ने बाध्यता छ । 

यो प्रकरणमा हालसम्म चीन, भारत, बेल्जियनका गरी ३ विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् । स्वास्थ्यका कारण एक जना आरोपित हाजिरी जमानतमा रिहा भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार