शनिवार, कार्तिक १ गते २०८३

काठमाडौंमा गएरातिदेखि भारी वर्षा, दिउँसोसम्म सतर्क रहन आग्रह

मंगलवार , श्रावण २३, २०८०

काठमाडौंमा गएरातिदेखि भारी वर्षा भएको छ । काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल, नगरकोट र आसपास भारी वर्षा भएको छ । 

“विष्णुमती, धोविखोला, मनोहरालगायतमा जलसतह बढ्दो रहेको र सतर्कता तह नजिक पुगेको छ,” बाढी पूर्वानुमान महाशाखाले भनेको छ, “उपत्यकाको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्नेछ ।

हाल वाग्मतीको पधेरादोभान (कर्मैया) जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । जलसतह अझै बढ्दो क्रममा रहेकाले रौतहट र सर्लाहीका वाग्मती नदी  तटीय क्षेत्रमा हुनेहरूले आज बेलुकासम्मै उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन महाशाखाको आग्रह छ ।

पछिल्लो तीनदेखि ६ घण्टा वाग्मती जलाधारको हरिहरपुगढी सिन्धुली, मरिन कुशुनटार र आसपास अति भारी वर्षा भएको छ । थप वर्षा हुने देखिएको महाशाखाको भनाइ छ । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार