शनिवार, कार्तिक १ गते २०८३

एनआरएनएको उपाध्यक्षमा जापानबाट रोविन्द श्रेष्ठद्वारा पुन उम्मेदवारी घोषणा, संस्थागत पारदर्शिताको नारा

मंगलवार , श्रावण २३, २०८०

जापान। गैरआवासीय नेपाली संघ(एनआरएनए)को एघारौ अधिवेसनका लागि हालका आईसिसि उपाध्यक्ष रोबिन्द प्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा पुन उम्मेदवारी घोषणा गरेका छन्।

जापानका सफल व्यवसायी एबं सामाजिक व्यक्ति गाेविन्दले नैतिकता इमानन्दारिता र स्वाधीनता एनआरएनएमा समावेशिता र आर्थिक पारदर्शिता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३-२०२५ लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजक र आइसिसि उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तर र क्रमिकरुपमा अगाडि बढ्न आइसीसी उपाध्यक्ष पदमा पुन दोस्रो कार्यकालको लागी उम्मेदवारी घोषणा गरेको पत्रकारहरुलाई जानकारी गराएका छन्।

लामो समयदेखि जापानलगाएत विश्वमा सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै क्रियाशील रहदै श्रेष्ठ समन्वयकारी भूमिका निर्वाहमा आफुलाइ सशक्त रूपमा प्रस्तुत गर्ने सामाजिक र एनआरएनए अभियन्ताका रुपमा चिनिन्छन्।

संस्थामा आर्थिक अनुशासन, पारदर्शिता,सँस्थागत सुधार र नियमित आम्दानीका श्रोत विकासको लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठको भनाई छ । एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता र सँस्थागत अनुशासन एनआरएनए अभियानको आफ्नो पहिलो प्राथमिकता रहेको बताउँछन्।

विश्वमा नेपालीहरुको अभिभावकीय संस्थाको रूपमा रहेको एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यमका रूपमा लिइ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने र आफूले सोही अनुसार कर्तव्य निर्वाह गर्दै आइरहेको श्रेष्ठको भनाइ छ।

एनआरएनएको अभियानलाई व्यवस्थित रूपमा संचालन गर्नको लागि प्रविधियुक्त प्रणालीको विकास गरि व्यवस्थित रूपमा अगाडी बढाउने आफ्नो मुख्य योजना रहेकोले सो योजना सफल बनाउनका लागि उपाध्यक्षमा पुन विजयी गराईदिनका लागि सम्पूर्ण एनआरएनए अभियानमा लागेका मतदाता र अभियन्तालाई श्रेष्ठले आग्रह गरेका छन्।

‘आफू बलियो भयो भने संस्था बलियो हुन्छ, संस्था बलियो भयो भने जुनसुकै काम गर्न सकिन्छ’ श्रेष्ठ भन्छन–‘संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्र खर्च गरिनुपर्छ ।’ एनआरएनएमा दीर्घकालिन कोषको पनि ब्यबस्था गरेर त्यसलाई अनुशाशित रुपमा चलाउनु आजको आवश्यकता भएको श्रेष्ठको बुझाई छ ।

मुलुक बाहिर रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रूपमा विकसित भैसकेको एनआरएनएलाई अझै साझा मनोविज्ञानको रूपमा विकसित गराउनका लागि समावेशिताको सिद्धान्त अनुरूप कामकारबाही गर्न र सोही बमोजिमको संगठनात्मक संरचना निर्माण गर्नको लागि आफूले विशेष पहल गर्नका लागि पनि उपाध्यक्ष पदमा पुन निर्वाचित गरिदिनको लागि श्रेष्ठको आग्रह छ ।

नेपालको संवृद्धि र बिकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठले प्रतिबद्दता समेत व्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार