प्रतिनिधिसभामा १२ दिनदेखि जारी अवराेध खुलाउन प्रमुख प्रतिपक्षि नेकपा एमाले तयार भएकाे छ। मंगलबार दिउँसाे ३ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले 'क्विन्टल सुन प्रकरण'बारे सदनमा जवाफ दिने भएका छन् ।
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले बालुवाटारमा बसेको सभामुख देवराज घिमिरेसहितको तीन दलको शीर्ष नेताको बैठपछि उठेका विषयमा सबैलाई बोल्न दिने र गृहमन्त्रीले जवाफ दिने जानकारी दिए ।
“सहमति त भएको छैन । सबैलाई कुरा राख्न दिने । गृहमन्त्रीले जवाफ दिँदा के हुन्छ, त्यो भएन फेरि गर्ने,” पाण्डेले भने ।
सदन खोलाउने विषयमा बालुवाटारमा भएको छलफलमा सभामुखसहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतकहरू उपस्थित थिए ।