शनिवार, कार्तिक १ गते २०८३

बाढी-पहिराेकाे कहर- देशभरका कुन-कुन राजमार्ग छन् अवरूद्ध छन्?

मंगलवार , श्रावण २३, २०८०

काठमाडाै‌। सोमबार रातिदेखि परेको भारी वर्षाका कारण विभिन्न राजमार्ग अवरूद्ध भएका छन्।

नेपाल प्रहरीले दिएकाे जानकारीअनुसार भीमदत्त, पासाङ ल्हामु, बीपी राजमार्गलगायत सडक अवरूद्ध भएका छन्। केही एकतर्फी सञ्चालनमा रहेका छन्।

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ मकवानपुर बकैया गाउँपालिका-११ म अवरूद्ध भएको छ। सिन्धुलीको सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा पहिरो खस्दा धुलिखेल-बर्दिबास जोड्ने बीपी राजमार्ग अवरूद्ध भएको छ।

बीपी राजमार्गअन्तर्गत नै रोशी गाउँपालिका-११ कालढुंगामा पनि सडक अवरूद्ध रहेको छ। यस्तै नुवाकोटको ककनी गाउँपालिका-४ निगालमो पहिरो खस्दा पासाङ ल्हामु राजमार्ग अवरूद्ध भएको छ।

म्याग्दीको रघुगंगा गाउँपालिका-३ बैसरीमा पहिरो खस्दा बेनी जोमसोम सडकखण्ड पनि अवरूद्ध छ। डडेललधुराको आलिताल गाउँपालिका-८ सुनखोलामा पहिरो झर्दा बतुडर-जोगबुढा भित्री सडकखण्ड पनि अवरूद्ध भएको छ।

कैलाली गोदावरी नगरपालिका ४, बूढीतोला र चुरे गाउँपालिका-५ गोपालेमा सडक भत्किँदा भीमदत्त राजमार्ग अवरूद्ध छ।

प्युठानको माण्डबी गाउँपालिका १ गर्जेनीमा भालुबाङ सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ। पाल्पाको तिनाउ गाउँपालिका-३ ड्याम साइटमा पहिरो झर्दा सिद्धार्थ राजमार्ग एकतर्फी बन्न पुगेको प्रहरीको भनाइ छ।

बागलुङ नगरपालिका-१० गलवाको पहिरोको कारण कालीगण्डकी करिडोर अवरूद्ध भएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ कालीखोलामा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरूद्ध थियो।

यो सडक अहिले एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ।

 
 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार