प्रतितिधिसभाको बैठक नेताहरुको स्वार्थले स्थगित भईरहेकोप्रति प्रतिपक्षी दलहरुले आपत्ति जनाएका छन्। मंगलबार प्रतितिधिसभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले केही ठूला दलहरुका कारण संसद बन्धक भएकोमा दुःख व्यक्त गरेका छन्।
‘सदन चल्ने समय एउटा हो भनिसकेपछि त्यो सदन त्यो समयमा चल्नभन्दा अगाडि चाहे रात परोस्, चाहे विहान होस्, देखिएका, आवश्यक पर्ने दलका नेताहरु अगाडि नै बैठक बसेर सभामुखमार्फत आएको सदन चल्ने समयमा सदन किन चल्दैन ?’ रविले प्रश्न गरे ।
लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएश्र सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गर्नुभएका लामिछानेले ‘यो बार्गेनिङ रातारात किन गर्न सक्दैनन्, सदन चल्ने बेलामा नै किन गरिन्छ ? भन्दै प्रश्न गरे।
केही दलका केही नेताहरु बसेर यत्तिका जनप्रतिनिधिका तर्फबाट निर्णय गरेर यो सदनलाई बन्धक बनाउन पाइँदैन, यो तय होस्, सभामुखबाट रुलिङ होस् कि कुनै पनि दिन यदि तोकिएको समय र मितिमा संसद चल्छ भनेर सूचना टाँसिसकेपछि त्यो सयममा घण्टी बज्नुपर्छ । त्यो घण्टी बज्नभन्दा अगाडि जे जे कुरा मिलाउनुपर्छ मिलाए हुन्छ’ सभापति लामिछानेले भने ।
सांसद लामिछानेले राज्यका निकायलाई विश्वास गर्न नसकिने भन्दै सुन प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताएका थिए । यसबीचमा उनले सरकारको अनुसन्धान पूर्ण नभएको संकेत गरेका थिए । सुन समातिए पनि यसका मुख्य दोषीलाई सरकारले उम्काउन खोजेको उनले शंका व्यक्त गरेका थिए ।
लामिछानेले ललिता निवास प्रकरणमा कर्मचारीको कठालो समाउने सरकारले प्रधानमन्त्रीलाई नेपाललाई विदेश जान दिएकोमा आपत्ति जनाए।