शनिवार, कार्तिक १ गते २०८३

कैलालीमा बाढीले बगाएर बेपत्ता व्यक्ति मृत अवस्थामा भेटिए

बिहिवार , श्रावण २५, २०८०

कैलाली । बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। सोमबारदेखि परेको अविरल वर्षासँगै खुटिया खोलामा आएको बाढीले बगाउँदा १ जनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा गोदावरी नगरपालिका–९ धनचौरीका ४० वर्षीय रत्नप्रसाद भट्टराई रहेको प्रहरीले जानकारी दिएको छ ।

बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका भट्टराईलाई खोलामा आएको बाढीले बगाएको थियो। बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई बिहीबार मृत फेला परेका हुन्। 

बिहीबार उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार