शनिवार, कार्तिक १ गते २०८३

साझा भण्डार सहकारीका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध ४ करोडको भ्रष्टाचार मुद्दा

बिहिवार , श्रावण २५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको भोटाहिटीस्थित साझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्कासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

सहकारीको जग्गा सस्तोमा बिक्रीवितरण गरी चार करोड चार लाख २४ हजार १ सय ८१ रुपैयाँ हानि नोक्सानी पुर्‍याएको भन्दै अख्तियारले आज  उनीहरुविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेकामा सझा भण्डार सहकारी संस्था लिमिटेडका तत्कालीन अध्यक्ष जयकुमार खड्का, सञ्चालक समितिका तत्कालीन सदस्यहरु आत्माराम राजवंशी, सुवणर् मानन्धर, लक्ष्मण थापा, भोलाप्रसाद न्यौपाने र सदस्यसचिव तथा महाप्रबन्धक अमर थापा रहेका छन् ।

उनीहरुविरुद्ध दायर गरिएको मुद्दामा चार करोड चार लाख २४ हजार १८१ रुपैयाँ बिगो दाबी गरिएको छ ।

उनीहरुले हाल वीरेन्द्रनगर नगरपालिका-८ को क्षेत्रफल ०-२-० को जग्गा र कोहलपुर गाविस-३ (क) को क्षेत्रफल ०-२-१७ को जग्गा बिनाआधार र कारण हचुवाको भरमा अत्यन्त कम मूल्यमा बिक्री गरेको ठहर अख्तियारले गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार