आइतवार, श्रावण २४ गते २०८३

डेंगी संक्रमितको संख्या ११ हजार नाघ्यो, कहाँ कति?

बिहिवार , श्रावण २५, २०८०

काठमाडौं। नेपालमा हालसम्म डेंगी संक्रमितको संख्या ११ हजार कटेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले उपलब्ध गराएको हालसम्मको तथ्यांकअनुसार संक्रमितको संख्या ११ हजार १५७ पुगेको छ ।

७४ जिल्लामा फैलिएको डेंगीबाट हालसम्म ८ जनाले ज्यान गुमाइसकेका छन् । डेंगीबाट सबैभन्दा बढी सुनसरी जिल्ला प्रभावित बनेको छ । साे जिल्लामा संक्रमितको संख्या ६ हजार ३०० पुगिसकेको छ ।अघिल्लो वर्ष काठमाडौँ जिल्ला डेंगीको हटस्पटमा बनेकोमा यो वर्ष सुनसरीमा डेंगी संक्रमण व्यापक फैलिएको हो । 

त्यसैगरी मोरङमा १ हजार ३९३, धादिङमा १ हजार ११०, कास्कीमा २२७ , धनकुटामा २२३, दार्चुलामा १९२, झापामा १८२, काठमाडौँमा १५३, संखुवासामा १४८ र तनहुँमा ७९ जना संक्रमित भएका छन्।  केशहरु पाइएका छन् ।

प्रादेशिक तथ्यांक हेर्दा सबैभन्दा धेरै कोशी प्रदेशमै ८ हजार ४२० जनामा डेंगी संक्रमण भइसकेको छ ।

त्यसैगरी वाग्मती प्रदेशमा १ हजार ५४७, गण्डकी प्रदेशमा ४८१ र सुदूरपश्चिम प्रदेशमा ४०४ जना, लुम्बिनी प्रदेशमा २१९, मधेश प्रदेशमा ५८ र कणर्ाली प्रदेशमा २८ जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार