शनिवार, कार्तिक १ गते २०८३

प्रधानमन्त्रीको आशंका: 'ललिता निवासको अनुसन्धानमा बाहिरबाट ‘गेम प्ले’ भइरहेको छ'

मंगलवार , श्रावण ३०, २०८०

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ललिता निवास प्रकरणमा सीआईबीको अनुसन्धान प्रभावित पार्न बाहिरबाटै खेल भइरहेको आशंका गरेका छन् ।

बालुवाटारमा प्रमुख सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा प्रधानमन्त्री प्रचण्ड सरकारलाई अप्ठ्यारो पार्न बाहिरी चलखेल भइरहेको आफूलाई आशंका लागेको बताएका हुन्। 

‘उपप्रधानमन्त्री तहमा अनुसन्धान पुगिसकेको बेला अदालतले प्रधानमन्त्री तहमा पनि जाऊ भन्यो यसमा गम्भीर छौं । अस्ति सचिव पक्राउ परेपछि कसैले सही नै गर्न नमान्ने अवस्था सिर्जना भयो । अहिले अदालतको आदेशपछि मन्त्री-प्रधानमन्त्रीले काम गर्ने/नगर्ने भन्ने अवस्था आयो’, प्रधानमन्त्रीले भने, ‘कार्यपालिका-न्यायपालिका र व्यवस्थापिकाको लक्ष्मण रेखालाई अदालतको आदेशले तोड्यो । यस्तो हुँदा कार्यकारीले कसरी फंक्सन गर्ने ?’

ललिता निवासमा उपप्रधान, मन्त्रीलगायतका हाइप्रोफायलमा अनुसन्धान पुगिसकेको अवस्थामा अदालतले पूर्वप्रधानमन्त्रीलाई पनि अनुसन्धान गर भन्नुले आफूहरू गम्भीर भएको प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार