आइतवार, आश्विन २५ गते २०८३

पूर्व माओवादी नेताको मुद्दा न्यायाधीश भट्टराईको बेञ्चमा

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । सांसद पदमा पुनर्बहाली माग गर्दै पूर्व माओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ। यस अघि बिहीबार रिट निवेदन सुनुवाइका लागि न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासमा परेको भएपनि ‘हेर्न नभ्याइएको’ ले आजको लागि पेशी तोकिएको हो।

चारै नेताको मुद्दा न्यायाधीश  डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिएको छ। माओवादी केन्द्रबाट सांसद बनेका नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले बुधबार सर्वोच्चमा रिट दायर गरेका थिए। चारै नेताले सांसद् पदमा पुनर्बहालीको माग गरेका छन्। 

उनीहरूले आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदरभागी हुनुपर्ने जिकिर गरेका छन्।​

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। त्यसपछि माओवादीले पार्टीको विधान विपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो। 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार