डेंगी संक्रमितको संख्या बढ्दै गएको छ । देशभर डेंगी संक्रमितको संख्या १४ हजार नाघेको छ भने ७५ जिल्लामा संक्रमण फैलिएको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को अनुसार संक्रमितकोसंख्या १४ हजार ३ सय ५७ पुगेको छ । कणर्ाली प्रदेशका मुगु र हुम्लाबाहेकका सबै जिल्लामा डेंगी संक्रमण भएको ईडीसीडीले जनाएको छ ।
डेंगीबाट हालसम्म १० जनाको मृत्यु भईसकेको छ । डेंगीबाट सबैभन्दा बढी कोशी प्रदेश प्रभावित बनेको छ । कोशीमा संक्रमितको संख्या १० हजार ८ सय १३ छ ।
सुनसरीमा मात्रै ७ हजार ४ सय ९५ संक्रमित छन् भने मोरङमा १ हजार ६ सय ७६ सक्रिय संक्रमित रहेका छन् । त्यसैगरी धादिङमा १ हजार ३ सय २० र झापामा ९ सय १३ र काठमाडौँमा १ सय ९९ जना संक्रमित छन् ।
वाग्मती प्रदेशमा २ हजार ९, गण्डकी प्रदेशमा ६ सय ३ र सुदूरपश्चिम प्रदेशमा ४ सय ५१ जना, लुम्बिनी प्रदेशमा ३ सय ७, मधेश प्रदेशमा १ सय ३५ र कणर्ाली प्रदेशमा ३९ जना संक्रमित भइसकेका छन् ।