यस प्रकरणमा सर्वोच्च अदालतले नीतिगत निर्णय गर्नेमाथि पनि कारबाही चलाउन साउन २१ मा आदेश दिएको थियाे।
साेही आदेशअनुसार तत्कालीन तीनजना भूमिसुधार मन्त्रीहरु विजय गच्छदार, डम्बर श्रेष्ठ चन्द्रदेव जोशी तथा राज्यमन्त्री सञ्जय साहविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
तर उनीहरुलाई समेत सीआईबीले पक्राउ गरेको छैन। पूर्वभूमिसुधार मन्त्री चन्द्रदेव जोशीले त आफू बयान दिन तयार रहेको भन्दै सार्वजनिक वक्तब्य नै जारी गरेका थिए। तरपनि उनीहरु कसैलाई पक्राउ गरेर सीआईबीले बयान लिनेसम्मकाे सुरसार समेत गरेकाे छैन।
समय घर्किदै गएकाले उनीहरुमाथि पनि वयान नहुने लगभग पक्का छ।
नेताहरुको आक्रोश
नेपाली कांग्रेसका उपसभापति तथा कानूनमन्त्री धनराज गुरुङले लतिला निवास प्रकरणमा निणर्यको आदेश दिनेहरुलाई छाडेर टिप्पणी उठाउनेहरुलाई हतकडी लगाएकोप्रति असन्तुष्टि जनाएका छन्।
ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्रीहरू माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई उन्मुक्ति दिएर कर्मचारीहरुलाई सीआईबीले समातेकोतर्फ लक्षित गर्दै उहाँले यस्तो टिप्पणी गरेका हुन्।
पार्टी निकट कर्मचारीको भेलालाई सम्बोधन गर्दै उनले मुलुकमा सुशासन स्थापना गर्न भ्रष्टाचारमुक्त बनाउन टिप्पणी उठाउनेहरुको हातमा मात्रै हत्कडी लगाएर सुशासन स्थापना गर्न सकिँदैन भन्ने कुरामा प्रस्ट हुन आवश्यक रहेको बताए।
घटना सामसुम पार्ने सहमति भयोः लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बालुवाटार जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निणर्य भएको दाबी गरे।
शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषद्को अध्यक्षता गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धानको आदेश दिए पनि सत्ता गठबन्धनले घटना सामसुम बनाउने निणर्य गरेको बताएका हुन्।
सरकारलाई भ्रममा राखेर अहिले सरकारले ठूला भ्रष्टाचारविरुद्धका काम गरेँ भनेर डंका पिटेको अध्यक्ष लिङ्देनले बताए।