आइतवार, आश्विन २५ गते २०८३

जसपाको आधिकारिकताबारे आयोगको निर्णयविरुद्ध ठाकुर पुगे अदालत

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौँ । जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको निर्वाचन आयोगको निर्णयविरुद्ध महन्थ ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्नु-नगराउनु भनी अन्तरिम आदेश जारीको माग गरेका छन् ।

निर्वाचन आयोगको निर्णय कार्यान्वयन हुँदा पार्टी विभाजन भइ पार्टीको केन्द्रीय नेतृत्वको प्रयोजन नै समाप्त हुन जाने ठाकुरको निवेदनमा उल्लेख छ । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा) को साउन ११ गते आधिकारिकता दिएको थियो ।

आयोगमा ‘हेड काउन्ट’ पछि बहुमत रहेको भन्दै आयोगको पाँच सदस्यीय इजलासले आधिकारिकता यादव पक्षलाई दिएको हो । रिटको पेसी आइतबारका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार