आइतवार, आश्विन २५ गते २०८३

लुम्बिनीमा जसपाका तीन मन्त्री सांसदबाट पदमुक्त

शुक्रवार , श्रावण १५, २०७८

काठमाडौं । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीन सांसद पदमुक्त भएका छन् । प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गर्दै सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय पदमुक्त भएको जानकारी दिएका हुन् ।

प्रदेशसभा सदस्य र पार्टी सदस्य समेत नरहने गरी कारबाही गरेको पत्र जसपा संसदीय दलमार्फत आएको सुचनामा जनाइएको छ । यसअघी जसपाको उपेन्द्र यादव पक्षकै निर्णयका आधारमा १४ वैशाखमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेयसँगै सुमन शर्मा रायमाझी पदमुक्त भएका थिए ।

तर सर्वोच्चको ३ जेठको आदेशपछि उनीहरु फेरि प्रदेशसभामा फर्किएका थिए । १८ असारमा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीबाट राजीनामा दिएर यादव पक्षमा लागेपछि उनि कारवाहीबाट जोगिएकी छिन् ।

यादव पक्षले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएलगतै लुम्बिनीका तीन सांसदलाई कारबाही गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय विपरित सरकारमा सामेल भएको, दलको ह्वीप उल्लंघन गरेको जसपाको आरोप छ ।

jasapa-3-samsadlai-karabahi.jpg

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार