काठमाडौं। व्यवसायसँगै समाजसेवा भन्ने मान्यतालाई आत्मसाथ गर्दै नेपाल आँखा अस्पताल त्रिपुरेश्वर र ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालको सहकार्यमा ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंको आयोजनामा र काठमाडौं पश्चिमक्षेत्र तथा सो अन्तर्गत रहेका ५ वटा इकाईको सकृय सहभागितामा बृहत निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
ग्रिल तथा स्टिल व्यवसायी महासङ्घले समन्वय गरेको यस कार्यक्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको तर्फबाट अरुण प्रसाद ढुङ्गानाको नेतृत्वमा, राम केसी, सल्मान खान, तृष्णा थापा, सुलोचना सेडाइ, सन्जिता गुरुङ, सुजना लामिछाने, सरिस्मा चौधरी, सोनु, सोफिया, सुदिप लगायतको टिमले करिब ४५० जनाको आँखा जाँच गरेको थियो ।
जोखिम पूर्ण व्यवसायको रुपमा रहेको ग्रिल तथा स्टिल व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारीहरूको समय समयमा आँखा जाँच गराउन सल्लाह दिदै अस्पताल टिमले आवश्यकता अनुसार सामान्य प्रकृतिका औषधिहरू निशुल्क उपलब्ध गराएको थियो । तिन चरणमा गरिएको आँखा जाँचको क्रममा आँखाको हेरचाह र जोखिम न्यूनिकरण सम्बन्धी परामर्श समेत दिइएको थियो भने कर्मचारीको हकमा अस्पतालले मोतिबिन्दुको अप्रेसन निशुल्क गराउन सक्ने तथा अन्यको हकमा न्यून शुल्कमा सेवा दिन अस्पताल सकारात्मक रहेको उपचारमा संलग्न अस्पताल टिमले जानकारी गराएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासङ्घका अध्यक्ष ठूलोबाबु श्रेष्ठले महासङ्घले आम व्यवसायीको हितको लागि नीतिगत पहल गर्न सरकारका बिभिन्न मन्त्रालय र विभागहरुको ढोका ढक्ढक्याउने काम गरिरहेकोले आम व्यवसायीहरूलाई ढुक्क भएर आफ्नो व्यवसाय सञ्चालन गर्दा कुनै अप्ठ्यारो परेमा आफूलाई सम्झन आग्रह ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठको प्रमुख आतिथ्यता र ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिल कुमार अमात्यको सभापतित्व ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं, पश्चिमक्षेत्र अन्तर्गत बालाजु, खुसीबुँ,चःमती,ढल्को इकाई समितिको भवन वनस्थली ,चःमतीमा आँखा शिविर सम्पन्न भएको हो ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौं पश्चिम क्षेत्र अन्तर्गत पाँचवटै इकाईका पदाधिकारी तथा सदस्यहरूले समेत स्वयंसेवी रुपमा आफूलाई समर्पित गरेका थिए । कार्यक्रममा महासंघको तर्फबाट प्रथम उपाध्यक्ष केदार अधिकारी ,उपाध्यक्षहरु ईश्वर बहादुर खड्का, यज्ञदास श्रेष्ठ, विष्णुमाया उचाही मगर, संसोधिन शेष, जिवन भट्टराई, रुपेन्द्र बानियाँ महासचिव विवेक दास श्रेष्ठ, केन्द्रिय सदस्यहरु मुकुन्द भट्टराई,बालमुकुन्द नकर्मी,बिष्णु भक्त डंगोल लगायत सदस्यहरुको उपस्थिति रहेको थियो भने काठमाडौं जिल्लका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
पानसमा बत्ति बालेर प्रमुख अतिथि ठुलोबाबु श्रेष्ठले उद्याटन गर्नुभएको कार्यक्रमको सन्चालन ग्रील तथा स्टील ब्यवसायी संघ काठमाडौंका महासचिव याम बहादुर श्रेष्ठ (पशुपति)ले गरेका थिए। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरका राम केसीले यो जोखिमपूर्ण व्यवसाय भएकोले यसमा सावधानी अपनाउन सबैलाई आग्रह गर्दै संसार हेर्न पाउने मानव अधिकारबाट कसैले पनि बञ्चित हुनु नपरोस् भनेर यस्तो शिविरहरूमा आँखा अस्पतालले सहयोग गरेको बताए।
जोखिमयुक्त व्यवसायमा आबद्ध व्यवसायी तथा कर्मचारीको लागि निशुल्क आँखा शिवर सम्पन्न गर्न सहयोग गरेको भन्दै ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौँले आँखा शिविरमा खिटिएका स्वास्थ्यकर्मीहरूलाई सम्मानपत्रले सम्मान गरेको थियो ।
कार्यक्रमबारे मिडियासँग कुरा गर्दै ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष सुनिलकुमार अमात्यले आम व्यवसायीहरूको लागि बिभिन्न कार्यक्रमहरू बनाएर लागू गर्न आफ्नो कार्यसमितिले पहल गरिरहेको बताए। आँखा शिविर मात्र नभएर टि टि खोप, होलबडी चेकअप जस्ता स्वास्थ्य चेकजाँचको ब्यवस्था मिलाउन काठमाडौं जिल्लाले महासंघसँगको सहकार्यमा पहल गर्ने बताए।