काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत रुपमा संसदिय दलको नेता चयन गरेको हो ।
यादव एक्लैको उम्मेदवारी परेपछि उनी सर्वसम्मत दलको नेता चयन भएका हुन् । यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहेका थिए । निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो ।