काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फेरी पार्टीमा कुनै ठााउ नभएको बताएका छन् । नेता नेपाललाई ’देशद्रोही’को संज्ञा दिँदै ओलीलाई पार्टीमा ठाँउ नभएको बताए ।
काठमाडौं जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले एमाले नेतृत्वको सरकार ढालेर दक्षिणपन्थी सरकार ल्याउन साथ दिएको भन्दै एमाले जनताको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन लागि परेको बताए ।
पार्टीभित्रबाटै प्रतिक्रियावादीहरुसँग मिलेर जनताको सरकार ढालेको उनले आरोप लगाए । पार्टी एकताको र राष्ट्रियताको पक्षमा लाग्न कार्यकर्तालाई उनले निर्देशन समेत दिए। पार्टी एकता असफल नभएर प्रचण्ड, माधवलगायत केही मान्छेहरुले पार्टी छाडेका आरोप ओलीले लगाए। अदालतको निर्णयपछि प्रचण्डलाई नाम दर्ता गर्न आयोग जान आग्रह गर्दा नमानेको उनले सुनाए ।