आइतवार, आश्विन २५ गते २०८३

केपी ओलीले अध्यक्ष छोडे एकता हुन्छ : रामकुमारी झाँक्री

शनिवार , श्रावण १६, २०७८

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले केपी शर्मा ओलीले अध्यक्ष छोडेपछि मात्रै पार्टी एकता हुनसक्ने बताएकी छिन् । अखिल फोर्सको भेलालाई राजधानीमा सम्बोधन गर्दै झाँक्रीले ओलीले आत्मालोचनासहित राजीनामा नदिएसम्म एकता संभव नभएको बताएकी हुन् । 

प्रतिगमनकारीले सामान्य प्रायश्चित पनि नगरी कुममा कुम जोडाएर मात्र एकता हुन नसक्ने उनको तर्क थियो । आफू पार्टी एकता विरोधी नभएको भन्दै झाँक्रीले अध्यक्ष ओलीबाट पुस ५ र जेठ ७ मा भएको प्रतिगमन कि जनादेश भन्ने प्रष्ट हुनुपर्ने बताइन् । तर यसको जवाफ अहिले कार्यदलले गरेको १० बुँदे सहमतिले दिन नसक्ने उनको जिकिर छ । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार