काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२६३ जनामा गरिएको पीसीआर परीक्षणमा २,२८० र ४,२५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना गरी ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टी गरेको छ । मन्त्रालयका अनुसार सोही अवधीमा १९१६ जना संक्रमणमुक्त भएका छन् ।