बुधवार, आश्विन १४ गते २०८३

युक्रेनी शरणार्थी थप एक वर्ष युरोपमा बस्न पाउने

शुक्रवार , आश्विन १२, २०८०

युरोपेली संघ (इयु)ले युक्रेनका शरणार्थीलाई इयु मुलुकमा सन् २०२५ को मार्चसम्म बस्न पाउने अधिकार सुनिश्चित गरेको छ । 

आफ्नो देशविरुद्ध रुसले आक्रमण गरेपछि पलायन भएका उनीहरूलाई सदस्य मुलुकमा आवासको अधिकार दिइएको हो । यो व्यवस्थाले करिब चार लाख युक्रेनी शरणार्थीलाई युरोप बसाई सहज भएको छ । 

इयुले युक्रेनी जनतालाई सहयोग गर्ने स्पेनी गृहमन्त्री फर्नान्डो ग्रान्डे–मार्लास्काले बताएका छन् । स्पेन इयुको वर्तमान अध्यक्ष हो । इयुको अध्यक्षता चक्रीय प्रणालीअनुसार सञ्चालन हुने गरेको छ । 

मस्कोले युक्रेनभरका भौतिक पूर्वाधारमा आक्रमण गर्न थालेपछि  पश्चिमा समर्थक तथा छिमेकी रुसविरुद्ध कठोर भएका छन्भने मस्को पनि यी क्रुद्ध भएको छ । गत वर्ष लाखौं युक्रेनी शरण खोज्न युरोप पसेपछि त्यसले दोस्रो विश्वयुद्धपछि फेरि युरोपमा शरणार्थी संकट बढाएको संकेत गरेको थियो । 

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार