आइतवार, आश्विन २५ गते २०८३

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता, के भयो छलफल ?

आइतवार , श्रावण १७, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । भेटमा प्रचण्डले नेता नेपालसँग सरकारलाई पूर्णता दिने‚ एमाले एकताको प्रयासलगायत विषयमा चासो राखेको जनाइएको छ । 

आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न भूमिका निर्वाह गरेका नेता नेपाललाई सरकारमा समावेश गर्न प्रचण्डले प्रयास गरिरहेका छन् । नेता नेपालकै कारणले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न ढिलाइ गरिरहेका छन् । सत्तारुढ गठबन्धन नेता नेपाललाई कम्तीमा ६ मन्त्रालय दिन तयार छ । 

नेपाल समूहलाई सरकारमा समावेश गर्न सत्ता गठबन्धन लागिपरे पनि एमालेका दोस्रो तहका नेताहरुले एकताको प्रयास गरिरहेका छन् । नेता नेपालले पनि पार्टी एकताको प्रयास भैरहेको भन्दै तत्काल सरकारमा सहभागी नहुने जनाउँदै आएका छन् । तर‚ अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वाक युद्ध चलिरहेको छ । प्रचण्ड आइतबार बिहान नेपाललाई भेट्न नेपाल निवसा कोटेश्वर पुगेका थिए । 

सम्बन्धित विषय:

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार