बुधवार, आश्विन १४ गते २०८३

हमास आक्रमण: जासुसी संयन्त्र असफल भएकोबारे अनुसन्धान गर्दै इजरायल

सोमवार , कार्तिक २०, २०८०

इजरायलले गत अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा आफ्नो जासुसी संयन्त्र असफल भएकोबारे अनुसन्धान थालेको छ। 

विश्वकै बलियो जासुसी संयन्त्र भएको भनिएको इजरायलमा ७ अक्टोबरका दिन गाजापट्टीबाट हमास समूहले अचानक आक्रमण गरी ठूलो मानवीय क्षति पु¥याएको थियो। बेन्जामिन नेतन्याहू सरकारले इजरायल डिफेन्स फोर्स र इन्टेलिजेन्स एजेन्सी मोसादलाई उक्त कमजोरीबारे अनुन्धानका लागि निर्देशन दिएको छ। 

प्रारम्भिकरुपमा हमासले आक्रमणको तयारी गरेको सूचना पाएर पनि इजरायली सेनाले हमासको आक्रमण क्षमतामाथि विश्वास नगरी बेवास्ता गरेको अनुमान गरिएको छ। हमासको आक्रमणमा एकै दिन ६ सयभन्दा बढीको मृत्यु र कयौँ मानिस घाइते भएका थिए। हमासले कयौँ मानिसलाई बन्धक बनाएको थियो। 

यो आक्रमणमाबाट इजरायलमा मृत्यु हुनेको संख्या बढेर १४ सय पुगेको छ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार