काठमाडौं ।नेपालको सौन्दर्य व्यवसायलाई स्थापित गर्न बरिष्ठ सौन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाइ बिग ब्युटी बिजनेश वुमन भनेर पनि भन्ने गरिन्छ ।

विगत २६ वर्षदेखि सौन्दर्य व्यवसायमा रमाइरहेकी सुषमा भन्छिन्: 'हामी श्रमिक पनि हौं र श्रम दाता पनि हो ।' उनले सञ्चालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । काठमाडौंको काठमाडौं मल ,चावहिल ,केयल टावर, सीटीसी मल, हुँदै जिल्ला बाहिर पोखरा,सुर्खेत र धनगढीमा समेत फेसियल हाउसको शाखा फैलिसकेको छ ।

एक सय जनाभन्दा बढी महिला दिदीबहिनीहरूलाई प्रत्यक्ष रोजगारी दिदैं आएकी सुषमा आफै पनि अहोरात्र खट्ने मेहनती सौन्दर्यविज्ञ पनि हुन् ।
उनी सामाजिक संघ संस्थामा पनि उत्तिकै सकृय छन् । हाल सुषमा नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका सचिव, कर्पोरेट मिडियाका उपाध्यक्ष तथा ब्युटी एशोसियसन अफ नेपाल तथा महिला च्याम्बरको आजीवन सदस्य समेत रहेका छन् ।
उनले सौन्दर्य व्यवसाय मार्फत हजारौं युवा–युवतीहरुलाई रोजगारी युक्त प्राविधिक शिक्षा समेत दिने कार्य गर्दै आएको छ ।
देशको धर्म संस्कृति जोगाउन उनले हरेक पर्व विशेष रुपले मनाउने समेत गरेका छन् ।
सुषमा तिहार पनि हर्ष उल्लासका साथ मनाउने तैयारी गर्दै छन् । उनको विश्वास छ लक्ष्मीको कृपाले सम्पूर्ण नेपालीको घर – घरमा लक्ष्मीको आगमन पक्कै हुन्छ ।

