आइतवार, श्रावण २४ गते २०८३

अर्थमन्त्री भन्छन्ः विद्युतीय सवारी साधनमा प्रोत्साहनको नीतिले ३५ अर्ब राजस्व गुम्यो

शुक्रवार , माघ १२, २०८०

काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युतीय सवारी साधनमा प्रोत्साहनको छुटले ३५ अर्ब बढी राजस्व गुमेको एका छन्। भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको बताएका हुन्। 'विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर भएको छ,' महतले भने, 'विद्युतीय गाडीको न्यून भन्सार दर रहेको छ।

विद्युतीय गाडीका कारण ३५ अर्ब कम राजस्व उठेको छ।' मन्त्री महतले राजस्वका दृष्टिले अहिले दबाबमा रहेको बताउँदै लक्ष्यअनुसारको राजस्व नउठ्नुमा डिजिटल कारोबारलाई समेत समस्या भनेका छन्। व्यवसाय गर्ने शैलीमा व्यापक परिवर्तन आएको सन्दर्भमा भन्सार र राजस्व प्रशासन सोही शैलीबाट अघि बढ्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ । पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले भन्सार राजस्वमा सुधारका लागि कार्यसम्पादनमा आधारित छुट्टै भत्ता लागू गर्नु पर्ने बताए। उनले स्वदेशी उद्योग र कृषिलाई केन्द्रित गरेर भन्सार नीति अघि सार्नु सुझाव दिए।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार