आइतवार, आश्विन २५ गते २०८३

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

सोमवार , श्रावण १८, २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दै छ । माओवादी केन्द्रका एक नेताले सरकारमा सहभागी हुने मन्त्री छान्ने विषयमा बैठक केन्द्रित हुने बताए ।

शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा हाल जनार्दन शर्मा र पम्फा भुसाल मन्त्री छन् । शर्माले अर्थ मन्त्रालय र भुसालले ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादीले अझै सात मन्त्रालय पाउने सम्भावना रहेको नेताहरु बताउँछन् ।

कांग्रेसको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ मात्र सरकारमा सहभागी छन् ।गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले अझै पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार