शुक्रवार, आश्विन ३० गते २०८३

Laureates and Leaders for Children शिखर सम्मलेनकाे तयारीका लागि सत्यार्थी नेपालमा

बुधवार , माघ १७, २०८०

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको आयोजनामा लुम्बिनीमा हुने Laureates and Leaders for Children: Development and Peace Summit को पूर्व तयारीका लागि कैलाश सत्यार्थी नेपाल आएका छन्। 

फागुन २७ देखि २९ गतेसम्म चल्ने साे कार्यक्रमकाे व्यवस्थापनका लागि सत्यार्थी नेपाल आएका हुन्। उनी Laureates and Leaders for Children को अन्तरार्ष्ट्रिय सचिवालय Kailash Satyarthi Children Foundation, (KSCF) अमेरिकाका संस्थापक तथा नेवेल शान्ति पुरस्कार विजेता हुन्। 

दुई दिनसम्म चल्ले समिटमा करिव ३० जना विभिन्न राष्ट्रका सरकार प्रमुखसहित विश्वका राजनीतिक नेतृत्व तथा नोबेल पुरस्कार प्राप्त विशिष्ट व्यक्तिसहित करिब ३०० जना सहभागी रहनेछन्। 

सम्मेलनमा बालबालिका केन्द्रित विकासका विविध आयाममा छलफल तथा अन्तर्क्रिया गरिनेछ । उक्त सम्मेलनको पूर्व तयारी स्वरुप नेपाल आएका सत्यार्थीले नेपालका राजनितिक दलका नेतृत्व तह र सरोकार मन्त्रालय पदाधिकारीहरुसंग भेट गरेका छन्।

उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, उपप्रधानमन्त्री पुर्णबहादुर खडका, अर्थमन्त्री प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद,लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीसँग भेटघाट तथा छलफल गरेका छन्। त्यसक्रममा संयाेजनकाे काम भने नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जन सम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालाकृष्ण पान्डेले गरेका थिए। 416194836_1462198067738571_7560858187005797329_n.jpg416075081_382676014409136_2281428422198559128_n.jpg

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार